Tuesday, June 9News That Matters

उदयपुरबाट एक मात्र प्रतिस्पर्धि शोभा तामाङ द भ्वाईस अफ नेपालको ब्याटल राउण्डमा प्रवेश

पूर्णपुष्टि, चैत्र १५

नेपालको एकमात्रै ठुलो र्यालिटि  सो द व्वाईस अफ नेपालबाट उदयपुरकी शोभा तामाङ ब्याटल राउन्डमा प्रवेश गरेकी छिन् । उदयपुरको बेलका नगरपालिका ९ रामपुरकी तामाङ हाल भईरहेको द व्वाईस अफ नेपालको सिजन ३ बाट ब्याटल राउण्डमा प्रवेश गर्न सफल भईन् । 

व्वाईसको डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदक मध्ये सोभा उदयपुरको एक मात्र महिला प्रतिस्पर्धी हुन ।चार जना कोचहरु मध्य दिप श्रेष्ठ र तृष्णा गुरुङ्खले बजर बजाई तामाङ्खलाई हौसल्ला प्रदान गरेका थिए ।हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार प्रसारण हुने कार्यक्रममा २३ बर्षीय सोभाले पनि आफ्नो प्रस्तुति दिँदै २ जना कोचहरुलाई टन गराउन सफल भईन् । उनि जर्ज दिप श्रेष्टको टिममा प्रवेश गरेकी छिन् ।

शोभा स्टेट सिङगिङ आईडल सिजन १ को फस्ट रनर अफ पनि हुन् । उनले तिर्सना गररुङको माया मनभरी भन्ने गित गाएकी थिईन् ।