
पूर्णपुष्टि, चैत १५
उदयपुरको चौदण्डिगढी नगरपालिका–४ बर्खेडाँडामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । शनिबार राती करिब ९ः४० बजे स्वर्गीय मद भण्डारी स्मृतिलोक राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार चौनपा–२ गगटे निबासी २८ वर्षीय रुपेश लामगादेको मृत्यु भएको हो ।
ट्याक्टरबाट झरी सोही ट्याक्टरको पछाडीको टायरले छातिमा किचेपछि गम्भिर घाईते भएका लामगादेको उपचारको लागी बेल्टार अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
