पूर्णपुष्टि, मंसिर १४
उदयपुरको क्षेत्र नं १ बाट गठबन्धन उम्मेदवार तथा नेपाली कांग्रेसका डा. नारायण खड्का निर्वाचित भएको छ । खड्काले नेकपा एमालेकी मन्जु कुमारी चौधरीलाई पराजित गर्दै उदयपुरबाट चौथो पटक सांसदमा निर्वाचित बनेको हो । खड्काले ३१२७० मतका साथ बिजयी हाँसिल गरेका थिए भने एमाले नेतृ मन्जु कुमारी चौधरीले ८८९१ मत ल्याएकी थिईन् । चौधरी २३७९ मतले खड्का सँग पराजित भएको हो । खड्का यस जिल्ला बाट पटक पटक निर्वाचित सांसद हुन् । उनले ७४ सालमा पनि बाम गठबन्धनका उम्मेदवार सोही मन्जु कुमारी चौधरीलाई हराएका थिए । खड्का नेपाल सरकारको परराष्ट्र मन्त्री समेत हुन् । सुरुवाती चरणबाटै अग्रता लिएको खड्काले पछिल्लो समय सम्मनै आफुलाई अग्रतामा कायम राखेका थिए ।
