Wednesday, August 5News That Matters

उदयपुरमा एमाले लगायतका ९ दलले पून : मतदानको माग गर्यो

पूर्णपुष्टि, मंसिर ११
उदयपुरमा एमाले लगायतका दलहरुले पून : मतदानको माग राखेको छ । प्रदेशको प्रत्यक्ष तर्फको १ सय मतपत्र प्रतिनिधिसभा तर्फको मत गणनामा फेला परेको भन्दै यसालाई सिधै धाँधलीको संकेतका साथ एमाले लगायत ९ दलले पून : मतदानको माग गरेको हो । असन्तुष्टी पक्ष लगायतको बैठक बसी नागरिकहरुको निष्पक्ष मतान गर्ने अधिकार हनन् भएको भन्दै पुन : मतदानको माग राखेको जनाएको छ ।

जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) र १ (२) मा खसेको मतभन्दा बढी मत प्राप्त भएको हुँदा साथै निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्रमा छाप लगाएको एकमुष्ठ १०० थान मतपत्र मतगणना गर्दा फेला परेको हुँदा धाँद्यली भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ । एमाले नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका इश्वरमणी राउतले मतदानको क्रममा जुन ठाउँमा धाँद्यली भएको हो त्यस ठाउँमा निष्पक्ष मतदान हुनु पर्ने माग गरेका छ । निर्वार्चन क्षेत्र नं तथा प्रदेश सभा निर्वाचन क्षेत्र १(१) र १ १(२) को सबै प्रक्रिया रद्ध गरी पून : मतदानको प्रक्रिया अगाडी बढाउनु पर्ने जनाएको छ । यता गठबन्धनले भने फेला परेको मतपत्र रद्ध गरी सोही मतदान जारी राख्नु पर्नेमा जोड दिएको छ ।