Sunday, June 28News That Matters

उदयपुरमा अर्नाको आक्रमणबाट २ जना घाईते

पूर्णपुष्टि, वैशाख २० गते ।
उदयपुरको त्रियुगा नगरपालिका–२ को खैजनपुरमा आज (मंगलवार) अर्नाले आक्रमण गर्दा दुई घाईते भएका छन् । आज जंगलबाट आएको अर्नाले आक्रमण गर्दा स्थानिय पञ्चे सार्की र नन्द बहादुर बुढाथोकी घाईते भएका हुन् ।
सार्की हल्लो जोत्न गएको बेलामा अचानक जंगली अर्नाले आक्रमण गर्दा उनी घाईते भएको स्थानिय विक्रम चौधरीले बताए । त्यस्तै, बढाथोकी गाउँमा आएको अर्नालाई धपाउन जाने क्रममा उनी घाईते भएको हो । गठबन्धनबाट वडा नं. २ मा अध्यक्ष पदमा उम्मेदवारी दिएका राम श्रेष्ठ चौधरीले घाईतेहरुलाई उद्धार गरी सहयोग समेत गर्ने बताउनुभयो ।