Wednesday, April 22News That Matters

उदयपुरमा अस्पताल जादैँ गरेकी गर्भवती महिलाको बाटोमै मृत्यु

पूर्णपुष्टि, असार ३० । उदयपुरमा अस्पताल जादैँ गरेकी एक गर्भवती महिलाको बाटोमै मृत्यु भएको छ । मृत्यु हुेनमा त्रियुगा नगरपालिका–९ गैरुनकी ३० बर्षीया तारा गिरी रहेको प्रहरीले जनाएको छ ।

आईतबार अस्पतालमा चेकजाँच गर्न जादैँ गर्दा बाटोमै लडेर बेहोस भएकी गिरीलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा ल्याईएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । उनको पेटमा रहेको शिशुको समेत मृत्यु भएको अस्पतालले जनाएको छ ।

गर्भवती महिलाको मृत्यु के कारणले भएको भन्ने बारे कुनै पनि जानकारी नभएको जिल्ला अस्पतालकी चिकित्सक निर्मला चौधरीले बताईन् । गर्भवतीको अवस्थामा सुगर वा प्रेसर भएको कारण बिरामीको अचानक मृत्यु हुन सक्ने उनले बताईन् । मृतकको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन् ।