
पूर्णपुष्टि, बैशाख १२
उदयपुरको बेलकामा आगलागी हुदा एक घर गोठ जलेर नष्ट भएको छ । बेलका नगरपालिका–२ शिवालय टोल बस्ने चक्रबहादुर राईको घरमा विद्युतको तार सर्ट भएर शनिबार दिउँसो साढे ३ बजे आगलागी हुदा घर गोठ जलेर नष्ट भएको हो ।
राईको काठ र जस्ताको छानो भएको दुई तले घर र तेज बहादुर नेपालीको फुसको छानो भएको गोठ पूर्ण रुपले जलेर नष्ट हुदा साढे १६ लाख बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ ।
भागलपुर प्रहरी चौकीमा घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी टोली खटी गई नेपाल प्रहरी, दकम र स्थानीयको सहयोगमा आगो साढे ५ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय तथा चौपाय क्षती नभएको प्रहरीले जनाएको छ ।
