Monday, June 22News That Matters

सवारी दुर्घटनामा २ जनाको ज्यान गयो

झापा, बैशाख १२

झापाको विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

शनिबार बेलुका साढे ४ बजे  कमल गाऊपालिका–४ सितापुरी चौकमा प्र १–०१–०१२ प १६०२ नम्बरको मोटरसाईकलले स्थानीय ६ बर्षीय बालक निश्चल खड्कालाई ठक्कर दिएको थियो । घाईते बालकको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाकै बिर्तामोड–२ रामचौकमा मे १० प ५५२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक अर्जुनधारा–९ का ३० बर्षीय सुमन थापा र पछाडी सवार अर्जुनधारा–७ की २७ बर्षीया सुसना राई घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएको थियो । घाईते मध्ये सुसनाको उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाईते सुमनको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।