Monday, July 27News That Matters

उदयपुरमा आगलागीबाट ५ लाख बढीको क्षती

पूर्णपुष्टि, चैत २२

उदयपुरको ताप्लिमा आगलागीबाट एक घर जलेर नष्ट हुदा पाँच लाख २५ हजार बराबरको क्षती भएको छ ।

ताप्लि गाउँपालिका–४ थाना पोखरीमा आईतबार दिउँसो करिब १ः४५ बजे हिरा तामाङको घर आगलागी हुदा सो रकम बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

टाँटी बेरा, फुसको छाना भएको २ तले घरमा अचानक आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन, नगद ५० हजार नगदसहित पाँच लाख पच्चिस हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो प्रहरी, स्थानियबासीको सहयोगमा करिब साढे ३ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै प्रकारको मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।