
खोटाङ, चैत्र २२
खोटाङको खोटेहाङमा जंगलमा लागेको डढेलो गाउँ पस्दा एक घर जलेर नष्ट भएको छ । खोटेहाङ गाउँपालिका–७ को मटकेनी सामुदायिक वनबाट शुरु भएको डढेलो गाउँ पस्दा आईतबार दिउँसो करिब १२ बजे छबिलाल बस्नेतको घर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
घर जलेर नष्ट हुदा करिब २० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिने प्रहरीले जनाएको छ ।
