Tuesday, June 9News That Matters

डढेलो गाउँ पस्दा १ घर जलेर नष्ट

पूर्णपुष्टि, चैत २२

भोजपुरका जंगलमा लागेको डढेलो गाउँ पस्दा एक घर जलेर नष्ट भएको छ । घर नजिकै रहेको सल्लेरी सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा रामप्रसाद राई गाँपालिका ६ का पुष्प बस्नेतको घर जलेर नष्ट भएको हो ।

डढेलो गाउँ पस्दा बस्नेतको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब दुई लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रहरीले जनाएको छ ।