Monday, June 22News That Matters

उदयपुरमा आज थप २५ जना संक्रमित थपिए

पूर्णपुष्टि,वैशाख २७

उदयपुरमा आज (सोमबार) थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा कुल संक्रमितको संख्या २ सय ३९ पुगेको हो ।

आज थपिएका संक्रमितहरु १५ पुरुष र १० महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य कार्यालयकाअनुसार त्रियुगा नगरपालिकामा १२ पुरुष र ६ महिलासहित जम्मा १८ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी बेलका नगरपालिकामा ४ जना थपिएको छ । जस मध्ये २ पुरुष र २ महिला रहेको कार्यालयको तथ्याङकले देखाएको छ भने कटारी नगरपालिकामा १ पुरुष र १ महिलासहित २ जनामा संक्रमण पुष्टि भएको छ । यता चौदण्डीगढी नगरपालिकामा १ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।