
पूर्णपुष्टि,वैशाख २७
ताप्लेजुङमा ढुंगाले किचेर एक १३ वर्षीय बालकको ज्यान गएको छ । मेरिङदेन गाउँपालिका–२ शान्थाक्राका फुर्वा शेर्पाको ढुंगाले किचेर ज्यान गएको हो ।
आज दिउसो साढे २ बजे फूङलिङ नगरपालिका–७ स्थित सव–बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सनद्वारा भिर चट्टान फोर्ने कार्य भई रहेकोमा सोही बाटोको साईडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग गई ढुङगा ओसार्ने क्रममा माथीबाट ढुङ्गा झरी किचेर बालकको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
