
उदयपुर, असोज ९ गते ।
प्रकोपपछि सुचनाको व्यावस्थापन प्रणाली प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सदरमुकाम गाईघाटमा नेपाल रेडक्रस सोसाईटीको आयोजनामा तीन दिने प्रशिक्षण विहिबारदेखि सुरु भएको हो ।
प्रकोपको बेला जिल्लाका उपशाखाहरु कसरी सक्षम बनाएर अगाडी बढ्ने र सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रशिक्षणको सुरु गरिएको आयोजकले जनाएको छ ।

नेपाल प्रहरी, स्थानीय तहका कम्प्युटर अफरेटर र नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधिहरुलाई संयुक्त रुपमा प्रशिक्षण दिईने आयोजकले जनाएको छ । प्राकृतिक प्रकोपछि धेरै ढिलो समयमा घटनाको विवरण आउने र धेरै झन्झटिलो भएकाले त्यसलाई सहज बनाउनको लागि प्रविधिलाई प्रयोग गर्न लागिएको आयोजकले जनाएको छ ।
मोवाईलबाट सहज रुपमा सुचना संकलन गर्न सकिन्छ भने तत्काल सम्बन्धित निकायसम्म पु¥याउन पनि सकिन्छ । एउटा एप्स डाउनलोड गरेर नेट विना पनि एसएमएसबाट पनि धेरै पेज तथ्याङक पठाउन सकिने नेपाल रेडक्रस सोसाईटी शाखा उदयपुरको सभापती विनोदकुमार बस्नेतले बताए ।

प्रकोपपछि २४ घण्टा भित्र तथ्याङक संकलन गर्न सकिने र सम्बन्धित निकायमा तुरुन्त तथ्याङ पुग्ने भएकाले निकै महत्वपूर्ण भएको सभापती बस्नेतले बताए । कतिपय कुरा सम्भावित र ढिला जानकारी हुने भएकाले रेडक्रस सोसाइटीका उपशाखा र स्थानिय तहका प्रतिनिधिहरुले त्यो घटनाको जानकारी तुरुन्त दिन सक्ने उनले बताए ।

तालिममा सिकेको कुरालाई प्रयोगमा ल्याई प्रभावकारी कनाउनु पर्ने र उपयुक्त व्यक्ति तालिममा सहभागि भएकाले यसको नतिजा राम्रो आउने आशा लिएको प्रमुख जिल्ला अधिकार ध्रुबबहादुर खड्काले बताए । ईराको प्रयोग गर्दै सरकारको योजनालाई सहयोग गर्नु पर्ने बताए ।

तीनै दिन दिपक दवाडी र आर्या रेग्मीले प्रशीक्षण दने छन् । यो प्रविधि प्रयोग गर्नको लागि नेपाल प्रहरी, स्थानिय तहको प्रतिनिधि र रेडक्रमस सोसाईटीलाई मात्रै निर्देशीका मै उल्ले छ ।
