
असोज १० गते ।
गुलरियाका एक वडा अध्यक्ष छुवाछुतको विभेदमा परेको छ । नगरपालिका–९ का वडाध्यक्ष हरिप्रसाद पासीले छुवाछुतका अनगिन्ती घटना भोगेको हो ।
दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेको थियो । तर सार्वजनिक स्थलको विभेदमा कमी आएपनि गाउँ घरमा छोइछिटो गरिरहेको वडाध्यक्ष पासीले बताए ।
कथित उपल्लो जातीका घरमा पानी पिउनको लागि छुट्टै गिलास दिने गरको वडाअध्यक्ष पासीले बताए । मधेसी समाजमा बढी जातीय छुवाछुत भएकाले कथित उच्च जातिका व्यक्तिहरुले राय सल्लाह माग्न नआउने वडाध्यक्ष पासीले बताए ।
बाध्यताले वडाको काममा आएपनि नमस्कारसमेत नर्फकाई राम्रो नबोल्ने गरको वडाध्यक्ष पासीले बताए ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
