Wednesday, June 10News That Matters

उदयपुरमा एकैघरका तीनजनाको हत्यारालाई जिवित रहन्जेल कैद हुने फैसला

उदयपुर
पूर्णपष्टि,फागुन ११ । गत भदौ १७ गते एकै घरका तीन जनाको विभत्स हत्या गर्ने उदयपुरको बेलका नगरपालिका–७ गोभाटारका ४५ वर्षिय नरबहादुर बस्नेतलाई आजिवन कारावासको सजाय भएको छ । जिल्ला अदालत उदयपुरको ३ नं. वेन्चका न्यायधिश नवराज दुलालको आजको एकल इजालसले पिडित पक्षको माग दावी बमोजिम आजिवन कैदको सजाय सुुनाएको हो ।

मुलुकी अपराध संहिता अन्तर्गत जिवित रहेसम्म कैद गर्नेगरी सजाय फैसला भएको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए । बस्नेतले एकै घरका श्रीमान, श्रीमती र छोरालाई हत्या गरेका थिए । मृतक श्रीमान् ३५ वर्षिय राजकुमार बस्नेत, उनकी श्रीमती ३४ वर्षिया सरिता बस्नेत र १३ वर्षिय छोरो सुुजन बस्नेतको एकैदिन हत्या भएको थियो ।