Tuesday, June 9News That Matters

उदयपुरमा एकै परिवारका ३ जनाको कोरोनाबाट मृत्यु, त्रियुगाको २ नम्बर वडा सिल

पूर्णपुष्टि, साउन १७

उदयपुरमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । २२ दिन भित्र त्रियुगा नगरपालिका–२ खैजनपुरका एकै परिवारका दाजु–भाउजु र भाईको कोरोनाले मृत्यु भएको हो ।१५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, ७ दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको थियो ।

मृतक परिवारका अन्य सदस्यमा पनि संक्रमण पुष्टि भएको छ । छिमेकीहरुमा पनि रुघा, खोकी र ज्वरोको बिरामी देखा पर्न थालेपछि त्रियुगा नगरपालिका वडा नम्बर सिल गरिएको छ । वडामा संक्रमण फैलिन नदिन गए रातिको १२ बजे देखि साउन २४ गते रातिको १२ बजे सम्म २ नम्बर वडा सिल गरिएको वडा अध्यक्ष घमानसिंह खत्रीले बताउनुभयो । खत्रीका अनुसार बिरामीहरुको पि.सी.आर रिर्पोट नेगेटिभ नआउनजेल सम्म वडाका वरगाछी टोल, नमुना थारु, नयाँ बस्ती र वविया टोल विकास सिमा क्षेत्र भित्र आवत जावत बन्द गरिएको छ । भिडभाड हुने भोजभत्तेर, पाटी जस्ता कार्यलाई ठप्प पारीएको छ ।

वडा सिल गरिएसँगै खाद्यान्न पसल विहान ७ बजे देखि ९ बजे सम्म र बेलुका ५ बजे देखी ७ बजे सम्म मात्रै खुल्ने छ । खाद्यान्न, कृषि तथा पशुपक्षि जन्य, दुग्ध जन्य सामाग्री ओसारपसार गर्न सवारी साधन सञ्चालन गर्न पाइने छ ।

त्यस्तै, एम्बुलेन्स, वारुणयन्त्र, औषधीको गाडी सञ्चालनमा रहने छ । चिया, मदिरा, सैलुन लगाएतका भिडभाड हुने सम्पूर्ण पसल पूर्णरुपमा बन्द गरिएको छ । गाईघाट फत्तेपुर सडक देखि दक्षिण खैजनपुर पूर्ण बन्द गरिएको गरिएको छ ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना सङ्क्रमण घट्दो दरमा थियो ।एक हप्तायता पुनः सङ्क्रमण बढ्न थालेको उहाँले बताउनुभयो । खैजनपुरमा सङ्क्रमण पुनः बढ्न थालेका कारण आज  बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पिसिआर र एन्टिजेन परीक्षण शुरु गर्न लागिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

वडामा तीव्ररुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रण गर्न सम्पूर्ण वडाबासीलाई लागु गरिएको नियमको पालन गर्न अध्यक्ष खत्रीले आग्रह समेत गर्नुभएको छ ।