
पूर्णपुष्टि, साउन १७
झापा दमक नगरपालिका–८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जना जुवाडे पक्राउ परेका छन् । दमक–७ का होटल संचालक ३२ वर्षीय पदम सुब्बा, दमक–५ का २९ वर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ वर्षीय मोहन ढुंगाना, दमक–६ का ३८ वर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भिम सुब्बा पक्राउ परेका हुन् ।
हिजो बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास ३ बुङ, नगद १ लाख ६० हजारसहित पक्राउ गरिएको थियो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

