
पूर्णपुष्टि, बैशाख २०
उदयपुरका एक जना काठ व्यवसायी माथी कुटपिट भएको छ । कुटपिट गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका १२ पुरानो गाईघाट बस्दै आएका काठ व्यवसायी बछारमाथी आईतबार कुटपिट भएको हो । बछारको स्थायी घर हेटौँडा हो । उनि हाल गाईघाट बस्दै आएको छ । बछार कुटपिटको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका १४ बस्ने पवन राईलाई पक्राउ गरेको छ ।

यसै बिषयलाई लिएर राई बिरुद्ध बछारले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिम दाहालले बताउनुभयो । एसपी दाहालका अनुसार बछारले सोमबार प्रहरीमा जाहेरी दिएको थियो ।
बन पैदावर महासंघका केन्द्रीय सदस्य राजेश कार्कीका अनुसार कुटपिट बाट बछारको देब्रे हातको दुई ओटा औँला भाँचिएको बताउनु भएको छ । बछार र राईबिच ठेक्कापट्टाको बिषयलाई लिएर बिवाद भई झडाको स्थिति सम्म पुगेको कार्कीले बताउनुभयो ।
उनिहरु दुवै काठ व्यवसायी हुन् । बछार निञ्चल ट्रेडर्स नामक फर्म मार्फत र राई राधाकृष्ण सप्लायर्स मार्फत ठेक्का पट्टा गर्दै आएका छन् ।
