Sunday, May 17News That Matters

सांसद सुरेश कुमार राईको उपचार आईसियुमा हुँदै

पूर्णपुष्टि, बैशाख २१

संघिय सांसद सुरेश कुमार राईको उपचार आइसियुमा राखेर भईरहेको छ । उदयपुर जिल्ला संघिय निर्वाचन क्षेत्र न.२ का माननीय सुरेश कुमार राई (हिमाल)कोरोना का कारण स्वास श्वासप्रश्वासमा  समस्या आएपछि ललितपुरस्थित सुमेरु अस्पताल आईसियुमा  भर्ना गरी उपचार भईरहेको छ ।

राईले आफु कोरोना संक्रमण पुष्टि भएको सामाजिक संञ्जाल फेसबुक बाट जनाएका थिए ।

केही दिन आगाडी कोरोना जाँच गर्दा पोजेटिभ  आएपछि होम आइसोलेसनमा बसेका राईले तीन दिन अगाडि आफ्नो फेसबुक वालमा आफुलाई  कोरोना(कोभिड १९)भएको र सघन उपचारमा रहने साथै सम्पर्कको लागि असमर्थ भए क्षमा चाहन्छु भनेर पोस्ट गरेका थिए ।

दुई दिन अगाडि मात्र आफुलाइ फोनमा दोहोरो कुरा गर्न नसकिरहेको सामाजिक सन्जालमा पोस्ट गर्दै कोरोनालाइ मजाक नगर्न समेत आग्रह गरेका छन् ।  छन ।