Sunday, April 19News That Matters

उदयपुरमा एक दिने स्वास्थ्य परिक्षण शिविर सम्पन्न

पूर्णपुष्टि, साउन २६ । उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार एक दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। ‘स्वास्थ्यका लागि साइकल’ नाराका साथ उदयपुर जिल्ला साइकलिङ संघको आयोजना र वशिष्ठ पोलीक्लिनिकको समन्वय तथा प्राविधिक सहयोगमा शिविर संञ्चालन गरिएको हो ।

शिविरमा ४० जना साइकल राइडर र १० जना प्राविधिक गरी कुल ५० जनाको सहभागिता रहेको थियो। उदयपुर जिल्ला साइकलिङ संघका अध्यक्ष माधव बानियाको अध्यक्षतामा आयोजित यस कार्यक्रममा जिल्ला अस्पताल उदयपुरका डाक्टर रन्दिप राउतले स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए।

१३ वर्षदेखि ६५ वर्षसम्मका साइकल राइडरहरूले यस अवसरमा स्वास्थ्य परीक्षण गराउने मौका पाएका थिए। आयोजकहरूका अनुसार यस अभियानले साइकल चलाउने बानीलाई प्रोत्साहन गर्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरेको छ। साथै, नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जनचेतना फैलाउन पनि यो कार्यक्रम सफल रहेको उनीहरूले बताए।