
पूर्णपुष्टि, जेठ २ ।
उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केमा कोरोना संक्रमण सिमित रहेको अवस्थामा आज पहिलोपटक समुदाय बाहिर एकजनामा देखिएको छ । भुल्केको नुरि मस्जिद रहेको बस्तिमा ३२ जना भेटिएकोमा आज सो समुदाय बाहिर गाईघाट बजारको एक २५ वर्षिय युवामा संक्रमण पुष्टि भएको हो । याे संगै उदयपुरमा अव संक्रमितकाे संख्या ३३ पुगेकाे छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको संक्रमित युवा सञ्चारकर्मी रहेको बुझिएको छ ।
उनी उदयपुरको एउटा बस्तीमा सिमित रहेको अवस्थामा समुदाय बाहिर देखिने उदयपुरको पहिलो ब्यक्ति हुन् । गत वैशाख ३१ गते २६ जना जिल्लाका पत्रकारहरुसंगै स्वाव नमुना संकलन गरी परिक्षण गर्दा उनी एकजनाको रिपोर्ट पोजेटिभ आएको हो ।
उनी कसरी संक्रमित भए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यो संक्रमित घटनासंगै एक समुदायबाट नियन्त्रण बाहिर गएको छ । यसले नियन्त्रणमा थप चुनौती थपेको छ भने सर्बसाधारणले थप उच्च सतर्कता अपनाउनु पर्ने अवस्था भएकाे नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर राइले बताउनुभयाे ।
