Sunday, April 26News That Matters

उदयपुरमा एन्फा यू–१४ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने

पूर्णपुष्टि, भदौ ५ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा एन्फा यू–१४ छात्र÷छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । बुधबार उदयपुर जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्कीले एक सूचना जारी गर्दै अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार यो प्रतियोगिता आयोजना हुन लागेको जनाएका छन् ।

यस प्रतियोगिता दिवंगत खेलाडीहरू अनुपम घलान, आदित्य बलामपाकी, विकल्प रेग्मी, दिवस बानिया, प्रिन्स आचार्य र साइमन यौनजनको स्मृतिमा आयोजना गर्न लागिएको संघले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने जिल्लाका इच्छुक विद्यालयहरूले यहि भदौ १३ गते भित्र कार्यालय समयसम्म टिम दर्ता गरिसक्नुपर्ने छ । राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखामा उदयपुर जिल्ला फुटबल संघको खातामा दर्ता शुल्क रु ५ हजार जम्मा गरी भौचर बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतियोगिताको नियमावली, खेलाडी तथा अफिसियल दर्ता फारमहरू टीम दर्ता गरेपछि उपलब्ध गराईने र एमसीएम बैठकपछि खेलतालिका प्रकाशन गरिने संघले जनाएको छ ।