
पूर्णपुष्टि, पौष २१
चुरे जंगल स्थित करेन्ट लागेर भालु मरेको छ । सोमबार उदयपुरको कटारी नगरपालिका अन्तरगत पर्ने चुरे जंगलमा करेन्ट लागेर भालु मरेको अवस्थामा फेला परेका थिए ।
मिर्चैया–कटारी अन्तर्गत विस्तार गरिएको हाइटेन्सन विद्युत लाइनछेउ भालु मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत हिरालाल शर्माले बताउनुभया । सोही स्थानमा केही समयअघि दुई स्थानीय बासिन्दाको पनि करेन्ट लागेर मृत्यु भईसकेको पनि शर्माले बताउनुभयो ।
