
पूर्णपुष्टि, माघ १७ । उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं १५ स्थाई वतन भई काठमाण्डौ बस्ने ३२ बर्षीय पवन मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार कर्तव्य ज्यान मुद्दामा २०७०–१२–१७ गते जिल्ला अदालतको फैसलाले ३ वर्ष कैद सजाय भई हालसम्म फरार रहेको मगरलाई मंगलबार पक्राउ गरिएको हो । काठमाण्डौको टोखा नगरपालिका वडा नं. ८ बानियाटार स्थितबाट पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
