Wednesday, April 29News That Matters

उदयपुरमा कार दुर्घटना हुँदा एक बालक सहित ३ जना घाईते

पूर्णपुष्टि, चैत २७ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ सातधारेमा कार दुर्घटना हुँदा एक बालक सहित ३ जना घाईते भएा छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज (बुधबार) बिहान ७:२० बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत मोरङको केराबारीबाट काठमाडौ जाँदै गरेको सातधारेमा बागमती प्रदेश बी एबी ५४९२ नंम्बरको सुजुकी कार आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनाबाट चालक मोरङ केराबारी गा.पा. वडा नं. ८ बस्ने ४७ बर्षीय बिनोद भट्टराईको ११ बर्षीय छोरा सम्पन भट्टराई, श्रीमती ६२ बर्षीया रिता भट्टराई र कारमा सवार जिल्ला ललितपुर उप–महानगरपालिका–४ जाउलाखेल बस्ने ४८ बर्षीय त्रिपुरा सत्याल सामान्य घाईते भएका छन् । चालक विनोद भट्टराई सकुशल छन् भने सामान्यरुपमा घाइते भएकाहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त कार इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।