
अब खबर विस्तृतमा…
१.
उदयपुरमा कोरोना संक्रमितको संख्याले क्रस गरेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो रिपोर्ट अनुसार जिल्ला संक्रमिको संख्या १ हजार २३ पुगेको छ । जसमा महिलाको भन्दा पुरुषको संख्या बढि छ । ४५० महिला र ५७३ जना पुरुष छन् ।
४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तह रहेको उदयपुरको कुल संक्रमित मध्ये नगरपालिकातर्फ त्रियुगामा ४८०, चौदण्डीमा १४९, कटारीमा ११२, बेलकामा १०७ जना संक्रमित हुन् । गाउँपालिकातर्फ रौतामाईमा ७७, उदयपुरगढीमा ३७, ताप्लीमा १ र लिम्चुङबुङमा ५९ जना रहेका छन् ।
जिल्लामा सक्रिय संक्रमित ८१६ जना रहेका छन् । जसमध्ये त्रियुगामा ३९२, चौदण्डीमा ९८, कटारीमा १०१, बेलकामा ७२, रौतामाईमा ७०, उदयपुरगढीमा ३१, लिम्चुङबुङमा ५१ रहेका छन् । ताप्लीमा भने छैन ।
संक्रमितले १ हजार क्रस गर्दा जिल्लामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जसमा त्रियुगाको २०, चौदण्डीगढीको ४, कटारीको ३ र बेलकाको १ जना रहेका छन् । त्यस्तै गाउँपालिकातर्फ उदयपुरगढीमा मात्र २ जनाको मृत्यु छ । अन्य तीन गाउँपालिकामा मृत्यु छैन ।
जिल्लामा निको हुनेको कुल संख्या १७७ हो । त्रियुगामा ६८,चौदण्डीगढीमा ४७, कटारीमा ८, बेलकामा ३४ जना रहेका छन् । त्यस्तै रौतामाईमा १, उदयपुरगढीमा ४, ताप्लीमा १ र लिम्चुङबुङमा ८ जना रहेका छन् । संक्रमणको दाँजोमा निको हुने दर निकै कम छ । पछिल्लो समय परिक्षणको दायरा बढाइदा संक्रमितको संख्या ह्वात्तै बढेको हो । संक्रमितहरु कम्तिमा १४ दिन आइसोलेशनमा बसेपछि मात्र परिक्षण भई कोनोना मुक्त हुने हुदा, कतिपय पोजेटिभ नै हुने भएकाले निकोको संख्या न्युन देखिएको जनाइएको छ ।
२
पछिल्लो २४ घण्टामा ६१ जना संक्रमित थपिएको हो । १५२ जनाको परिक्षण गर्दा २९ महिला र ३२ पुरुष थपिएका हुन् । थपिएकाहरु त्रियुगाका त्रियुगामा २६, चौदण्डीमा १९, बेलकामा ६, रौतामाईमा ९ जना रहेका छन् । योसंख्या थपिएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८१६ पुगेको हो ।
पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २३ हो । त्रियुगाका १०, चौदण्डीका ८, बेलकाका १, रौतामाईका १ र उयपुरगढीका ३ जना निको भएका हुन् । यो संख्यासंगै जिल्लामा कुल निको हुने संख्या १७७ पुगेको हो ।
३
आज उदयपुरमा १ जनाको मृत्यु भएको छ । गाईघाटस्थित मदनभण्डारी आँखा अस्पतालको आइसोलेशनमा रहेका संक्रमितको मृत्यु भएको हो । त्रियुगा नगरपालिका २ का ४० वर्षिय पुरुषको मृत्यु भएको हो । संक्रमितको शरीरमा अक्सिजनको मात्र कम भएपछि आइसियु उपचारको अभावमा ज्यान गएको बुझिएको छ । उदयपुर जिल्लाभरी आइसियु उपचार कक्ष छैन । बाहिर जिल्ला लैजान खोज्दा बेडको अभाव हुने गरेको छ । योसंगै उदयपुरमा कारोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको हो ।
४
जिल्ला प्रशासन कार्यालय उदयपुरको आजको बैंठकले जिल्ला निशेधाज्ञलाई आगामी २१ गतेसम्मका लागि थप्ने निर्णय गरेको छ । ७ दिनका दरले तेस्रो पटक थपिकएको निशेधाज्ञ भोली सकिदै गर्दा आज बसेको बैंठकले फेरी ७ दिन थप्ने निर्णय गरेको प्रशासन स्रोतले जानकारी दिएको छ ।
जिल्लामा परिक्षणको दायरा बढाइएसंगै संक्रमितको संख्या ठूलो मात्रामा भेटिएको र कोरोना समुदायस्तरमा फैलिएको पाइएकोले निशेधाज्ञ थप गर्नु परेको बताइएको छ ।
५
कोरोना महामारीले निम्न बर्गलाई सबैभन्दा बढि प्रताडित पारेको छ । विहान, बेलुका खान लाउन चिन्ता हुने, बसाई कोठाभाडामा हुनेहरु साच्च्किै प्रताडित भएका छन् ।
माइती खोटाङ, भोजपुर घर भई हाल त्रियुगा नगरपालिका वडा नं. ४ मा कोठाभाडामा बस्दै आएकी एक महिलाको परिवारलाई यस्तै संकट आइपरेको छ । आफु, श्रीमान्, दुईछोरी र अरु दुईजना बहिनी र बहिनीको नानी कोठाभाडामा बस्दै आउदा अहिले श्रीमान, दुईछोरी र बहिनीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
श्रीमान् सिकिस्त भएकोले जिल्ला अस्पताल उदयपुरले आइसियुमा भर्ना लिएको छ, तर दुईछोरी र बहिनीलाई अस्पतालले भर्ना लिन मानेको छैन । स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेशनमा बस्न डाक्टरको सल्लाह छ । संक्रमित दुईछोरी र बहिनी अस्पताल बाहिर छन् । अव रेखदेख र सबैकुराको चाँजोपाँजो मिलाउने अभिभारा आएको ती महिलाले भाडाको कोठामा संक्रमित वहिनी र दुईछोरीलाई लैजाने न त अवस्था छ, न त पैसा तिरेर अन्त आइसोलेशनमा राख्ने अवस्था नै छ । घरमा संक्रमित नभएकी वहिनीको छोरीलाई रेखदेख गर्ने की यता अस्पतालमा भएका श्रीमान् र अस्पताल बाहिर रहेका संक्रमित छोरी, वहिनीलाई हेर्ने ? उनी ठूलौ आपत्तिमा परेकी छिन् ।
कोरोना संक्रमितलाई जहापायो त्यही राख्न पनि नमिल्ने, अर्कोतर्फ उपचार खर्च, खानापानीको पनि समस्या थपिदो छदैछ ।
महिला नेतृ गिता खड्काले ती महिलाको समस्या बुझेर सहयोगको आग्रह गर्नु भएको छ । त्यस्ता निम्न स्तरको, जस्को होम आइसोलेशनमा राख्ने अवस्था नभएमा संस्थागत आइसोलेशनमै राज्यले ब्यवस्था मिलाउनु उहाँको आग्रह छ । उहाँले त्रियुगाका मेयर लगायत, अस्पतालका डाक्टरलाई ब्यवस्थापनको लागि आग्रह गरिरहेको बताउनुभएको छ ।
यस्तो समस्याबाट गुज्रनु परेको यो एउटा सत्य उदाहरण हो । सबै नागरिकले यस्तो बेला सामाजिक सद्भाव, सहयोगी भावना र विशेष सचेतता र सतर्कता हुन जरुरी देखिन्छ ।
६
पाँचदिन यता नेपालमा क्रमश मृत्यु संख्या घट्दो छ । गत ९ गते १९३, १० गते १८५, ११ गते १६९, १२ गते १४५ जनाको मृत्यु भएको थियो । आज १०६ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुल संख्या ६ हजार ९५१ पुगेको छ ।
संक्रमित भने नेपालमा थपिदै गएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९३६ जना थपिएका छन् । यो संख्या थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
नेपालमा निको हुनेको संख्या भने बढ्दो छ । ६ दिनयताको रेकर्ड हेर्दा क्रमशः निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ७ हजा २२६ रहेको छ । योसंगै नेपालमा निको हुनेको कुल संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । नेपालमा हाल कुल सक्रिय संंक्रमित १ लाख १६ हजार ४६७ रहेको छ ।
७
पछिल्लो २४ घण्टामा ५ लाख ८० हजार २८९ जना संक्रमित थपिएसंगै विश्वमा संक्रमितको संख्या १६ करोड ९१ लख १५ हजार ४२६ पुगेको छ । संक्रमित भन्दा निको हुनेको संख्या बढी छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ७४ हजार ३०२ जना निको भएका छन् । योसंगै विश्वमा निको हुनेको संख्या १५ करोड, ७ लाख ५० हजार, ९८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १३ हजार ३१५ थपिएसंगै विश्वमा मृत्यु हुनेको कुलसंख्या ३५ लाख १३ हजार ३६१ पुगेको छ । हाल विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४८ लाख ५१ हजार ८५ रहेको छ । योसंख्या हिजोको रिपोर्ट भन्दा १ लाख ७ हजार ३३० कमी हो ।
