Saturday, April 18News That Matters

उदयपुरमा किरात राई खेलकुद समिति गठन

पूर्णपुष्टि, १० असोज ।

सङ्ग्रामसिंह राईको अध्यक्षतामा १९ सदस्यीय किराँत राई खेलकुद संघ उदयपुरर जिल्ला कार्य समिति आज चयन भएको छ । उपाध्यक्षमा कविता राई, मिना राई, सचिवमा काजि राई, सहसचिवमा नगेन्द्र राई र कोषाध्यक्षमा कामना राई चयन भएका छन् । सदस्यहरुमा जसबहादुर राई, टार्जन राई, अजित राई, केशब राई, विर्शिका राई, उर्मिला राई, सुहाना राई, सुशान्त राई, भरत राई, धर्मराज राई र आसिस राई चयन भएका छन् । एक उपाध्यक्ष र एक सदस्य त्रियुगा नगरपालिकालाई समेटेर मनोनित गर्ने जनाइएको छ ।

संघका केन्द्रिय अध्यक्ष सन्जय कुमार राई, किराँत राई यायोक्खाका केन्द्रिय सदस्य मनिकुमार राई, किराँत राई कर्मचारी मञ्चका केन्द्रिय उपाध्यक्ष अनिल किराँतीको उपस्थितिमा नयाँ कार्यसमिति चयन भएको हो । जातीय अस्तित्व र पहिचानसहित खेल र खेलाडी क्षेत्रको सम्मानजन अवसर, सहभागिता र उन्नतीका लागि संघले भुमिका खेल्ने बताइएको छ ।

किराया संघीय सदस्य मणि राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किरात राई कर्मचारी मञ्चका संघीय उपाध्यक्ष तथा कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती, संरक्षक गणेश पुमा, खेलकुद संघका संघीय अध्यक्ष सञ्जय राई, प्रदेश सदस्य प्रमोदजंग राई, नगर अध्यक्ष सशिचन्द्र राई, जिल्ला सचिव सुरेन्द्र राई, कविता राई लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम शेखर राईको सञ्चालन तथा प्रकाशराम राईको अध्यक्षतामा सम्पन्न भएको छ ।