Sunday, May 3News That Matters

उदयपुरमा कुटपिट मुद्धाका फरार महिला पक्राउ

पूर्णपुष्टि, माद्ध ८ । उदयपुरमा कुटपिट अंगभंग मुद्धाका फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–२ बस्ने ३२ बर्षीय सबिता वि.क. रहेको जिल्ल प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार ईप्रका रामपुर ठोक्सिला र प्रचौ भागलपुरबाट खटिएको प्रहरी ५ महिना २ दिन कैद र दुई हजार रुपैँया जरिवाना तोकिएको वि.क. लाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ।