Tuesday, June 2News That Matters

उदयपुरमा क्युपेक नेपालको तेस्रो महाधिवेशन सुरु

उदयपुर, मंसिर २६ गते ।

उदयपुरमा नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक)को दुई दिने तेस्रो महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ । “क्यूपेक नेपालको सरोकार, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार” भन्ने मुल नाराको साथ दुई दिने अधिवेशन विहिबारदेखि सुरु भएको हो । मजदुरको हक हितका लागि ठूलो संघर्ष गर्दै आएको २०७४ सालमा श्रम ऐन आएपनि कार्यन्वयन नभएको केन्द्रिय महाधिवेशन प्रतिनिधि परिषद प्रमुख मनोहरी सिवाकोटीले बताए । स्थानीय तहले श्रमीकलाई सुरक्षाको लािग कानुन बमोजिक कम गर्नु पर्ने उनले बताए ।

सरकारले भौतीक पूर्वधारमा बढी बजेट विनियोजन गर्ने भएपनि त्यस क्षेत्रमा काम गर्ने श्रमीकलाई सामाजिक सुरक्षाको क्षेत्र भित्र नराखेको सिवाकोटीले बताए । राज्यले दिएको अधिकार सरकारले लागु गर्दैन भने कार्यन्वयनमा ल्याउदैन भने त्यसलाई हामी के गर्ने भन्ने विषयहरु समेत अधिवेशले तय गर्ने उनले बताए ।देशभरीका लाखौँ श्रमिकहरुको पेट सम्मानले मात्रै नभरिने नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले बताए । उनले भने “खोक्रो सम्मानको ठाउँमा अधिकार दिनु पर्दछ ।, आस्वासन हैन हामीलाई रोजगारी गर्ने ठाउँ देउँ । तर रोजगारी दिएर मात्रै नपुग्ने  रोजगारी मर्यादति बनाउनु पर्छ ।”

शुक्रबारसम्म चल्ने अधिवेशनले अवका दिनमा के कसरी अगाडी बढ्ने भन्ने विषय र श्रमीक हक अधिकारका लागि कसरी अगाडी बढ्ने र पाएका अधिकार जुन  कार्यान्वयन भएको छैन । त्यस्ता धेरै विषयहरुको नीति कर्यक्रम तयार पारी समापन हुने आयोजकले जनाएको छ । अधिवेशनमा करिब ७१ वटा जिल्लाबाट विभिन्न श्रम संगठनका  प्रमुख तथा प्रतिनिधिहरुको साथमा जिल्ला र छिमेकी जिल्लाका मजदुरहरुको उपस्थितिमा कर्याक्रमको उद्घाटन भएको थियो । कार्यक्रम हुनु भन्दा अगाडी सदरमुकाम गाईघाटमा ¥यालिका साथ बजार परिक्रममा गरिएको थियो ।