
मंसिर २७ गते ।
नेपालमा रोहिंग्या समुदायका शरणार्थीले पनौतीमा २३ वटा टहरा बनाएका छन् । म्यानमारबाट विस्थापित भएका रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका हुन् ।
ठेकेदार रामेश्वर थापाले स्थानीय सरकारलाई काम गर्ने मजदुरका रुपमा जानकारी गराएर निर्माण गरिएको हो । तिनीहरु १६ दिनअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए ।
स्थानीय ठेकेदार थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबासको व्यावस्था मिलाएका हो । काठमाडौंको बूढानिलकण्ठका कपन स्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले बताए ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
