Friday, May 22News That Matters

उदयपुरमा खुकुरी प्रहार गरी एकै परिवारका तिन जनाको हत्या

पूर्णपुष्टि, भदौ १८
उदयपुरमा खुकुरी प्रहार गरी एकै परिवारका तिन जनाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–७ वाबिङ खोला स्थितमा बस्ने ४३ बर्षीय नर बहादुर बस्नेत रहेका छन् ।उनले शुक्रबार बिहान ११ बजेको समयमा खुकुरी प्रहार गरी सोहि स्थान बस्ने राज कुमार बस्नेत, निजकै श्रीमती ३३ बर्षीया सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेतको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राकेश कुमार पोदारले बताए ।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्र.नि.को टोली र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी उपरीक्षक सहित खटिएको प्रहरी टोलीले बेलका नगरपालीका वडा नम्बर ६ वरबोटबाट बस्नेतलाई भाग्दै गरेको अबस्थामा खुकुरी सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेको बस्नेतलाई जिल्लामा ल्याई आवश्यक थप अनुुन्धान गरिरहेको प्रहरीले जनाएको छ ।