Monday, April 20News That Matters

उदयपुरमा खोरमा आगलागी हुँदा २१ ओटा बाख्रा सखाप

पूर्णपुष्टि, कार्तिक २
उदयपुरमा आगलागी बाट २१ ओटा बाख्रा सखाप भएको छ । सोमवार रौतामाई गाउँपालिका ६ भातेमा सुर्ज बहादुर राईको बाख्रा खोरमा आगलागी हुँदा २१ ओटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आगलागी हुँदा १२ वटा माउ बाख्रा ३ ओटा बोका र ६ ओटा पाठापाठी गरी जम्मा २१ ओटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।
आगो के कुन कारणले लग्यो भन्ने पत्ता लागेको छैन् । आगलागी बाट २ लाख २६ हजार बराबरको क्षती भएको उदयपुर प्रहरीका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।