
पूर्णपुष्टि, असोज ६ । उदयपुरको उदयपुरगढी गाउँपालिकामा बैजनाथ खेलाले बगाउँदा एक जना पूरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–६ धपर बस्ने अन्दाजी ४० बर्षीय तोप बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुयरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार साझँ ५ बजेको समयमा नेपालटार बजारबाट घर जादै गरेका सार्कीलाई बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएको थियो । खोलाले बगाएको स्थानबाट अन्दाजी ५ सय मिटर तल सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा स्थानीयले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराउनसाथ प्रहरी टोली खटिई गई आवश्यक कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याई राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।
