
पूर्णपुष्टि, असार २०
खोला तर्ने क्रममा उदयपुरमा एक जनाको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका ७ बेल्टार स्थित मदन चोकको ६५ बर्षे गुमशेर राईको खोलाले बगाएर ज्यान गएको छ । राईको खोला तर्ने क्रममा द्धावार खोलाले बगाउँदा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार राईको शव २ सय मिटर तल खोलाले बगाएको अवस्थामा प्रहरी फेला पारेको थियो । खोलाले बगाएर बेपत्ता भएको भन्ने फोन मार्फत जानकारी आए पश्चात इलाका प्रहरी कार्यालय बेल्टार बाट खटिएको प्रहरी टोलीले २ सय मिटर तल लाश फेला पारेको थियो ।
लाशको कानुनी प्रक्रिया अगाडी बढाएर पोष्ट मार्टमको लागि बेल्टार स्वास्थ्य चौकी उदयपुर पठाएको प्रहरीले जनाएको छ ।
