Friday, May 1News That Matters

१३ नं वडाले वाँड्यो सुत्केरी, गर्भवती तथा कुपोषण रोगीलाई तयारी पौष्टिक आहारा र चल्ला

पूर्णपुष्टि, असार २०

त्रियुगा नगरपालिका वडा नं १३ ले वडा भित्रका अति बिपिन्न १११ जना सुत्केरी महिला, गर्भवती महिला र कुपोषण रोगीलाई तयारी पौष्टिक आहारा स्वास्थय सामाग्री शनिवार वितरण गरेको छ ।

सुनौलो हजार दिनको अवसरमा महिला, बालबलिका र रोगिरुलाई स्वास्थ्यमा पहुँच पुराउन वडाले तयारी पौष्टिक आहारा सर्वोत्तम पिठो वितरण गरेको हो ।महिला बिषेश वडाको कार्याक्रम अन्तरर्गत वडाको ५० हजार सिलिङ बजेटमा सुत्केरी, गर्भवती र कुपोषण रोगिहरुलाई सर्वोत्तम पिठो र त्रियुगा नगरपालिकाले नगरका गर्भवती महिलाहरुलाई चल्ला वितरण गरेको वडाले जनाएको छ । सर्वोत्तम पिठो वडाको आफ्नै बजेट हो भने, चल्ला नगरको सहयोग र वडाको समन्वयमा गर्भवती महिलाहरुलाई मात्र वितरण गरिएको हो । चल्ला हरेक ४ ओटाको दरले ३५ जना वडाका गर्भवती महिलाहरुलाई बितरण गरिएको छ । १३ नं वडा नगर स्वास्थ्य केन्द्रकी अनमी युगप्रभा लेखीले वडा भित्रका २ बर्ष मुनिका बालबालिका भएको महिला,  गर्भवती महिला र कुपोषण रोगीलाईरुलाई स्वास्थ्य सामाग्री र चल्ला वितरण गरिएको जनाउनुभयो ।

लेखीले ३५ जना गर्भवती महिला र अन्य २ बर्ष मुनिका वालबालिका भएका आमा र कुषोषण रोगिहरुलाई वडाको सहयोगमा तयारी पौष्टिक आहारा सर्वोत्तम पिठो वितरण गरेको बताउनुभयो । त्यस्तै वडा अध्यक्ष पशुपती चौधरीले वडामा महिलाहरुका लागि धेरै कामहरु भएको बताउनुभयो । उहाँले अहिले सम्म वडाभित्र महिलाहरुका लागि भएको गरेको काम र योजनाले सबैलाई समेट्न नसके पनि सुरुवातमै सोँचे भन्दा बढी काम भने गर्न सकेको बताउनुभयो ।

आफै पनि महिला भएको र वडा भित्रका महिलाहरुलाई बिषेश प्राथामिकतामा राखेर वडाले योजनाहरु तयार गर्ने गरेको चौधरीले बताउनुभयो । उहाँले वडामा कम बजेटका कारण महिलाहरुको क्षेत्रमा अझै थुप्रै कामहरु बाँकी रहेपनि जति गर्नु पर्ने कामहरु भएको बताउनभुयो । उहाँले अन्य वडाका महिलाहरुले यसरी प्रतक्ष वडाबाट सेवाहरु लिन नसकिरहेको पनि बताउनुभयो । चौधरीले आगामी बर्षको बजेट जनप्रतिनिधिहरुको अन्तिम बजेट भएकाले पनि जनताहरुको सेवामा आफ्नो अन्तिम कार्यकालमा सबैलाई चरणबद्ध रुपमा समेट्न प्रयास गर्ने बताउनुभयो ।

वडाको सहयोग तथा आयोजना, त्रियुगा नगर स्वास्थ्य केन्द्र १३ नं वडाको सहजिकरण तथा समन्वयमा सुनौलो हजार कार्यक्रम अन्तर्गत तयारी पोष्टिक आहारा वितरण गर्नुका साथै नगरको सहयोग र वडाको समन्वयमा चल्ला वितरण गरिएको हो ।

अन्य फोटो तस्विरहरु