Wednesday, April 29News That Matters

उदयपुरमा गर्मीका कारण एकको मृत्यु

पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा अत्याधिक गर्मीका कारण बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिदिको घरमा बस्दै आएका खोटाङका ४५ बर्षीय बिर्ख बहादुर सार्की रहेको वडा अध्यक्ष घमान सिंह खत्रीले जानकारी दिए ।

वडा अध्यक्ष खत्रीका अनुसार बुधबार खैजनपुरको भित्री सडकमा हिड्दा हिड्दै गर्मीले लडेका सार्कीको तत्काल लै मृत्यु भएको हो । धेरै बर्ष देखी दिदिको घरमा बस्दै आएको सार्कीलाई कुनै रोग नरहेको र घटना स्थलमा खटिएको प्रहरी टोलीले शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याउने तयारी गरिरहेको अध्यक्ष खत्रीले जनाए । केही दिन देखि गर्मी बढे संगै अहिले देशैभर जनजीवन प्रभावित बनेको छ । मंगलबार तापक्रम ४० डिग्री रहेकोमा आज ३८ डिग्री तापक्रम रहेको छ ।