
पूर्णपुष्टि, साउन १८
उदयपुर बेलका नगरपालिका–८ कोठू स्थितबाट लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । भोजपुर हचुवागढी गाउँपालिका–८ का २६ वर्षीय नबिन्द्र राई र २३ वर्षीय हेम राज राईलाई पहरीले पक्राउ गरेको हो ।
हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को १ ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो । गाँजा फेला परे पश्चात सोधपुछ गर्दा उक्त गाँजा नबिन्द्र र हेमराज राईको खुल्न आएसँगै उनहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
