Sunday, May 17News That Matters

ब्राउन सुगरसहित एक जना पक्राउ

पूर्णपुष्टि, साउन १८

मोरङ विराटनगर महानगरपालिका–२ दुर्गा चौक स्थितबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । पथरी शनिश्चरे–६ का २३ वर्षीय निरज गोडीलाई प्रहरीले पक्राउ गरेको हो ।

हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।