Wednesday, April 22News That Matters

उदयपुरमा गाँजा सहित २ महिला पक्राउ

पूर्णपुष्टि÷गाईघाट, असोज १२ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ कमान स्थितमा दुई महिलालाई प्रहरीले लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका १७ कि ४५ बर्षीया लिला देबि राम र बर्ष ४० की अस्मिता राम रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार बिहान कमान स्थित प्रहरी चेकपोस्ट नजीक चेकजाँचको क्रममा उनिहरुलाई १२ केजी गाजा सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुले सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।