Wednesday, May 27News That Matters

उदयपुरमा फरार प्रतिवादीहरु पक्राउ

पूर्णपुष्टि, फागुन २१ । उदयपुरमा गाली बेईज्जती र घरेलु हिंसा मुद्धाका ५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–९ बस्ने ६८ बर्षीय को क्रात्रीमान दनुवार, सोही ठाउँ बस्ने ६५ बर्षीय बुद्दिमान दनुवार, ३७ बर्षीय विष्णु दनुवार, कृष्ण मान दनुवार लगायत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार सोमबार जिप्रकाबाट खटिएको विषेश प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।   परेका उनिहरुलाई फैसला कार्यान्वयका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।