Sunday, May 3News That Matters

उदयपुरमा गिटी बोकेको टिफरमा आगलागी हुँदा १९ लाख बराबरको क्षति

पूर्णपुष्टि, भदौ ८ । उदयपुरको कटारी नगरपालिका–१ चुरीया स्थितमा गिटी बोकेको टिफरमा आगलागी हुँदा १९ लाख बराबरको क्षती भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको अनुसार शनिबार राती ११ बजेर ४५ मिनेटको समयमा चुरीया स्थित सिद्धिचरन राजमार्गमा दुधौलीबाट मिर्चैया तर्फ जादै गरेको ना ८ ख ५९४१ नम्बरको टिफरको वायरिङ तार सट भई अगाडी क्याबिनको भागमा अचानक आगलागी भएको हो ।

टिफरमा भएको आगलागी प्रहरी र दमकलको सहयोगमा राती १२ बजेर ५० मिनेटको समयमा पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट मानवीय क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।