Saturday, April 25News That Matters

उदयपुरमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

पूर्णपुष्टि, जेष्ठ ६

उदयपुरको कटारी नगरपालिका ८ मरुवाखानीका २९ बर्षिया गित बिकको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । बुधबार साँझको समयमा मरुवाखानी जंगलमा घाँस काटिरहेको अवस्थामा अचानक चिप्लिएर लडेकी उनीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे इलाका प्रहरी कार्यालयले घटना स्थल पुगि अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ का २८ बर्षीय सिताराम बस्नेतको पनि स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको छ । बुधवार दिउँसो गाई बस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भिर मुनी मृत अवस्थामा देखी प्रहरीलाई खबर गरे संगै ईलाका प्रहरी कार्यालय सोताङबाट खटेको प्रहरी टोलीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।