Monday, July 13News That Matters

एक पुरुषको शव पानीमा मृत अवस्थामा फेला

पुर्णपुष्टि, जेष्ठ ६

पानिमा मृत अवस्थामा एक  पुरुषको शव भटिएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ का ५८ बर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत अवस्थामा भेटिएको हो ।

बुधवार राती ९ बजेको समयमा निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ । यस घटना बारे अनुसन्धान भईरहेको प्रहरलिे जनाएको छ ।