Wednesday, April 22News That Matters

उदयपुरमा चट्याङका कारण एक महिला घाइते

पूर्णपुष्टि, असार २६ । उदयपुरको रौतामाई गाउँपालिका–७ छिन्ताङटोलमा एक महिला चट्याङका कारण घाइते भएकी छिन्। मंगलबार नारायण बलम्पाकी मगरकी श्रीमती हिरामाया बलम्पाकी मगर घर नजिकै परेको चट्याङका कारण बेहोस भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार २६ वर्षीया हिरामाया घर नजिकै परेको चट्याङका कारण बेहोस भएकी थिइन्। घटनामा बाहिरी चोटपटक नदेखिए पनि पीडितलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा लगिएको डिएसपी चापागाईले बताए। त्यहाँ प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि रातीको १२ बजे पीडितलाई विराटनगर पठाइएको र उपचार भईरहेको प्रहरीले जनाएको छ।