Sunday, May 17News That Matters

उदयपुरमा चट्याङले घर जल्यो, २ जना घाईते, ७ पशुचौपाय मर्यो

पूर्णपुष्टि, बैशाख २०

उदयपुरको बेलका नगरपालिका मितेरी गाउँ स्थित शनिवार परेको हावाहुरी र चट्याङ सहितको पानीले घर गोठ जलेर नष्ट भएको छ । चट्याङले घर गोठ मात्र जलायन मानवीय क्षती समेत पुराउनुका साथै पशुचौपाय समेत जलेर मरेको छ ।

चट्याङका कारण आठमाया राईको घर गोठ आगलागी हुँदा जलेर नष्ट भएको छ । सोही आगलागीमा परी आठमाया राईकी ६ बर्षिया नातिनी निर्मिता राई र प्रतिक्षा राई घाइते भएकीछिन् । निर्मिताको ढाँडमा आगोले पोलेको छ ।

उनिहरुको घरमै सामान्य उपचार भईरहे परिवारले जनाएको छ । आगोले घर जलेपछि घरमा कृयापुत्रि बस्नेको बिजोग भएको छ । ३ दिन अघि मात्रै आठमाया राईका ८८ बर्षिय आमा जसिमाया राईको मृत्यु भएको थियो ।

यस्तै आगलागीबाट धान, मकै, चामल, सुनचाँदीको गहना सहित ७ वटा बाख्रा, कुखुरा, बंगुर समेत मरेको बेलका नगरपालिका ५ का वडाध्यक्ष गोविन्दकुमार खड्काले जानकारी दिनुभयो । अध्यक्षका अनुसार अन्दाजी १२ लाख बराबरको क्षति भएको र आगो शनिबार विहान ११ बजेपछि मात्रै नियन्त्रणमा आएको जनाएको छ ।