
पूर्णपुष्टि, बैशाख २०
स्थानीय प्रशासनले बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै हिजो बेलुकी ८ बजेदेखि लागु हुने गरी उदयपुरमा यातायात ठप्प पारेपछि आज यातायात सेवा ठप्प भएको छ । तीनपांग्रेदेखि माथिका सवारी साधन ठप्प छन् । मोटरसाईकलमा भने एक्लै हिड्न दिइएको छ । खाद्यन्न, ढुवानीको सवारी साधन भने चल्न पाएका छन् । मास्क प्रयोग गरेर मानिस हिड्डुल गर्न पाएका छन् ।

बजार पसल विहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि मात्र खुल्न पाउने सूचना प्रशासनको भएपछि आजविहान सबै बजार पसल बन्द भएका छन् । बजारमा क्रमशः भिडभाड कमी हुदै गएका छन् ।

प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा ब्यवस्था कडा पारेको छ । मास्क विना हिड्नेलाई १०० रुपैया जरिवाना तोकिएको छ । पछिल्लो समय जिल्लामा हिजोमात्र ९ जना संक्रमित पुष्टि भएसंगै ३७ जना संक्रमित पुष्टि भएका छन् ।
