
पूर्णपुष्टि, ६ पुष ।
जिल्ला प्रहरी कार्यालयय उदयपुरले चोरी मुद्धाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएका प्रहरीे टोलीले त्रियुगा नगरपालिका ५ श्रीपुरका २९ बर्षिय ओम प्रसाद भट्टराईलाई बिहिबार पक्राउ गरेको हो । भट्टराईलाई चोरी मुद्धामा ३ महिना जेल सजाय र ३ हजार जरिवाना तोकिएकाका थिए । तर उनि कैद सजायबाट फरार रहेपछि प्रहरीले पक्राउ गरी फैसाला कार्यन्वयनका लागि उदयपुर जिल्ला अदालत पठाएको छ ।
