
पूर्णपुष्टि, बैशाख १८
छुट पुर्जि बिनाको अबैधानिक काठ प्रहरीले नियन्त्रणमा लिएको छ । बेलका नगरपालिका कोठुको प्रहरीले चेकजाँज गर्ने क्रममा करमको चिरान काठ १७० थान ५५ किबि बराबरको छुट पुर्जि नभएपछि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले प्राकृति स्रोध साधनको अबैध कारोवारको नियन्त्रण गर्ने अभियान अन्तर्गत रामपुर तर्फ आईरहेको मे १ ज १५२८ नं को पिकअप लाई चेक गरी उक्त काठ बरामद गरेको कोठु प्रहरी रापुरलले जनाएको छ ।
आवश्यक कार्वाहीको लागि कोठु प्रहरीले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा बुझाई सव डिभिजन बन कार्यालय मैनामैनी पठाइएको रामपुर प्रहरीले जनाएको छ । 
