Monday, June 22News That Matters

आइसियुमा उपचार नपाउँदा छट्पटिँदै बिरामीको मृत्यु

पूर्णपुष्टि, बैशाख १८

कोरोनाको केन्द्र बन्दै गएको बाँके, दाङ, रुपन्देहीमा बिरामीहरु छट्पटियर मर्नुको कुनै बिकल्प छैन् ।

आवश्यकता अनुसारको उपचार र प्राविधिक सामान नभएको अवस्थामा गरिएको असहज उपचारका कारण बिरामीहरु बिजोगका साथ ज्यान गुमाई रहेको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुषको बेड अभाबकै कारण आईसियुमा उपचार गर्न नसक्दा ज्यान गयो ।

भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परेको उनिलाई निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुरायो । अस्पतालमा उनको कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएको उनले अस्पतालमा बेड अभावका कारण उपचार पाउन सकेन ।

अन्य अस्पतलाहरु काठमाण्डौँ, चितवन भैरवा लगायतका अस्पतलाहरुमा पनि बेड पाउन सकेन् । बेड अभावमा कोरोना जस्तो विरामीलाई घरमै लगेर जसोतसो उपचार गरे । तर समस्या बल्झियो र हस्पिटलकै साहारा चाहिने भयो । समस्या हुने बित्तिकै बाबुलाई लिएर छोरो सन्धिखर्क अस्पताल पुग्यो, त्यहाँ पुगेको २ घण्टैमै छटपटि रहेको बुवाको मृत्यु भयो । यस्ता सानो तिनै समस्याले नेपालमा धेरै संक्रमितहरुको ज्यान गइरहेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाकी ६९ वर्षीया लक्ष्मी भण्डारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भयो । गाह्रो भएपछि बेलझुन्डीस्थित कोरोना विशेष अस्पताल पु¥याइयो । गेटसम्म पु¥याइँदा भित्र शय्या नभएको जानकारी गराइयो । दुई घण्टा कुर्दाकुर्दै बिहान ९ बजे उनको मृत्यु भयो । ‘समयमै उपचार पाए ज्यान बच्थ्यो,’ उनका छिमेकी वीरबल खड्काले भने, ‘समयमै अक्सिजन चढाउन सकिएन । अस्पतालको पेटीमै छटपटिएर ज्यान गयो ।’

शव व्यवस्थापन गर्न नेपाली सेना आउँछ भन्दै दिनभर उनको शव पेटीमै राखियो । ‘सीडीओलाई फोन गरेपछि बल्लबल्ल दिउँसो सवा ३ बजे सेना आइपुग्यो,’ खड्काले भने, ‘जिउँदो हुँदा मात्रै होइन, मृत्युपछि पनि सुख मिलेन ।

यसरी उपचार नपाएर ज्यान जानु जस्तो विडम्बना अरू के हुन सक्छ ?’ हालसम्म कोरोना अस्पताल पुगेका भण्डारीसहित १३ जनाको ज्यान गइसकेको छ । ३५ शय्या क्षमता भएको अस्पतालमा ४३ बिरामी छन् ।

तीमध्ये अन्यलाई बल्लबल्ल शय्या मिलाइएको र ६ जनालाई बाहिरै पेटीमा अक्सिजन जोडेर राख्नुपरेको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । ‘मान्छे अन्तिम अवस्थामा क्यापक्याप गर्दै अस्पताल आइपुग्छन् । यहाँ बेड नै छैन । कसरी राख्नु ?’ वलीले भने, ‘बिरामीको अवस्था देखेर मनले नमानेपछि केहीलाई पेटीमै अक्सिजन जोडेर राखेका छौं ।’